Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बालेन महाधिवेशनमा नगए पनि हुने, सभापतिले वरिष्ठ नेता घोषणा गर्ने व्यवस्था अब विधानमै

बालेन महाधिवेशनमा नगए पनि हुने, सभापतिले वरिष्ठ नेता घोषणा गर्ने व्यवस्था अब विधानमै

बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति सङ्ख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको हो ।

    रास्वपाले अब विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको छ । तर वरिष्ठ नेता निर्वाचनबाट नचुनिएर सभापतिले घोषणा गर्न सक्नेगरी विधानको व्यवस्था गरिने बताइएको छ । यो व्यवस्था गरिएसँगै प्रधानमन्त्री समेत रहेका रास्वपाका हालका वरिष्ठ नेता बालेन्द्र शाहले अधिवेशनममा उपस्थित भएर चुनाव नलडे पनि हुने भएको हाे ।

    images

    असार ७ देखि ९ सम्म चितवनमा हुन गइरहेको रास्वपाको प्रथम महाधिवेशनमा बालेनको सहभागिता रहने वा नरहने चर्चा चलिरहेको बेला रास्वपाको सचिवालय बैठकले यस्तो निर्णय गर्नु बालेनकै पक्षमा रहेको बुझिएको छ ।

    यसअघि रास्वपाको केन्द्रीय समितिको संख्या पदेनसहित १२९ सदस्यीय रहेकोमा अब १५१ हुने रास्वपाका एक नेताले जानकारी दिए ।

     
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार