Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

दुई महिनामा रोजगारीका लागि १ लाख ३५ हजारभन्दा बढी विदेशिए

दुई महिनामा रोजगारीका लागि १ लाख ३५ हजारभन्दा बढी विदेशिए

जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् ।

बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । दुई महिनामा १ लाख ३५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत बैशाख र जेठ महिनामा १ लाख ३५ हजार ४ सय ५६ जना नेपालीले श्रम स्वीकृति लिएका हुन् ।

    विभागको तथ्यांकअनुसार जेठ महिनामा मात्रै ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन् । वैशाख महिनामा ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

    images

    वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले कमी आएको हो । जेठ महिनामा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना, जी–टु–जी मार्फत ६ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

    एक महिनाको अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने विभिन्न देशमा विना कागजात बनेका ९१ जना वैधानीकरण भएका छन् ।

    जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् । मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै यूएईका लागि ५ हजार ३ सय ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना, रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार