Nov 03 2026 | २०८३ कार्तिक १८ गते

एनजीओलाई सरकारी भवन छाड्न प्रशासनको ७ दिने अल्टिमेटम

एनजीओलाई सरकारी भवन छाड्न प्रशासनको ७ दिने अल्टिमेटम

मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेका गैरसरकारी संघ–संस्थालाई सात दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको छ।


    प्रशासनले सोमबार सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएका प्राविधिक तथा पेशागत संघ–संस्थालाई सरकारी भवनबाट कार्यालय हटाउन भनेको हो । 

    images


    सूचनामा सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि त्यस्ता संस्थाले राखेका साइनबोर्ड, सूचना बोर्ड र अन्य संरचना हटाई ओगटिएको स्थान खाली गराउन आग्रह गरिएको छ ।


    निर्देशनको अवज्ञा गरे प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी प्रशासनले दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार