Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रधानमन्त्रीको ‘देश बनाउने टीम’ को तस्बिरमा नेकपाको व्यंग्य

प्रधानमन्त्रीको ‘देश बनाउने टीम’ को तस्बिरमा नेकपाको व्यंग्य

सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहलाई व्यङ्ग्य गरेका छन्।

    हिजो प्रधानमन्त्री शाहले देश बनाउने टीम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा राखेका थिए ।

    images

    त्यस प्रसङ्गलाई लक्षित गर्दै उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो बिदा पनि मनाइसक्नुभएको छ। देश बनाउने उहाँको ३ जनाको जम्बो टोली पनि उहाँले घोषणा गरिसक्नुभएको छ।

    अब पक्कै पनि प्रधानमन्त्रीलाई केही फुर्सद पनि भयो होला । यो सदनमा आएर जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

    उनले ट्याम्पो गुल्टिएका कारण, घरका छानामा ढुङ्गा हानेका, उद्योगहरू बन्द हुन लागेका लगायतको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार