काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) नेपालीहरुको पहिलो श्रम गन्तव्य मुलुक बनेको छ ।वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रोजगारीको प्रमुख श्रम गन्तव्य मुलुक युएई बनेको हो।
चालु आर्थिक वर्षको ११ महिनामा (साउनदेखि जेठ) सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा मात्रै १ लाख ७४ हजार ९१७ जनाले श्रम स्वीकृति लिएका छन् ।यो अन्य मुलकको तुलनामा नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको उच्च संख्या हो ।जेठमा मात्र यूएईमा २० हजार ४२४ जना गएका छन् ।
यस्तै, दोश्रो श्रम गन्तव्य मुलुक मलेसिया बनेको छ ।जेठ महिनासम्म मलेसियामा ८७ हजार जना गएका छन् ।
जेठमा मात्र मेलेसियामा ८ हजार ७५२ जना पुगेका छन् । कतारमा ११ हजार ९७३, साउदी अरबमा १३ हजार ३६६ र कुवेतमा ३ हजार ४३२ जना रोजगारीका लागि पुगेका छन् ।
यता, जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना रोजगारीका लागि पुगेका छन् ।



