Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भिजिट भिसामा खाडी मुलुक जानेलाई कडाइ

भिजिट भिसामा खाडी मुलुक जानेलाई कडाइ

मंगलवार, आषाढ ४ २०८१
  • काठमाडौँ । सरकारले भिजिट भिसामार्फत खाडी मुलुक जानेहरु माथी कडाइ गरेको छ ।पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि खाडी मुलुकमार्फत अन्य विभिन्न देशमा जाने क्रम बढेपछि सरकारले कडाइ गरेको हो ।

    विशेष गरी घरेलु कामदारका लागि खाडी मुलुकसहित प्रतिबन्धित देशमा जाने महिलाको सङ्ख्या बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमै कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताए । 

    images

    संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, साउदी अरब,कुबेत, कतार, ओमनमा भिजिट भिसामा भ्रमण गर्दा कार्यविधिमा उल्लेख भएकाले मापदण्डलाई कतिपयले दुरुपयोग गर्न थालेपछि कडाइ गरिएको अध्यागमन कार्यालयका प्रमुख पन्थीले बताए । 

    पन्थीका अनुसार पछिल्लो एक हप्तामा भिजिट भिसामार्फत घरेलु कामदारका लागि विदेश जान लागेका पाँच सयभन्दा धेरै महिलासहितका पुरुषलाई विमानस्थलबाटै फर्काइएको जानकारी दिए ।

    उनले भने, भिजिट भिसा देखाएर  कामदारका लागि जान खोज्नेलाई हामीले फिर्ता गर्ने गरेका छौँ, आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई भने रोकिएको छैन । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार