Nov 03 2026 | २०८३ कार्तिक १८ गते

झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

आइतवार, जेठ ३१ २०८३
  • काठमाडौँ  । झापामा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ वडा कार्यालय अगाडि घर भएकी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घरबाट बाहिर निस्किने क्रममा जंगली हात्तीले आइतबार बिहानका राति ४ः५५ बजेतिर पौडेललाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । 

    images

    इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट इन्स्पेक्टर वीरेन्द्र कोइराला नेतृत्वको टोली घटनास्थल पुगेको छ । शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

    पौडेललाई आक्रमण गरेपछि हात्ती जंगलतर्फ लागेको थियो । घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जंगली हात्तीबाट सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार