Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

आइतवार, जेठ ३१ २०८३
  • काठमडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय साबिर बक्सको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बुधबार हिरासतमा अचेत अवस्थामा भेटिएका बक्सलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    images

    बक्सलाई प्रहरीले गत बुधबार चोरी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको थियो । हिरासतमा रहेका युवकको मृत्यु भएपछि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतको शव अहिले पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार