Nov 03 2026 | २०८३ कार्तिक १८ गते

रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी

रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी

बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापति पदका लागि ८  जनाले उम्मेदवारी दर्ता गराएका छन् । अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ । उक्त निर्वाचन समितिले ८ जनाले उम्मेदवारी दिएको जनाएको छ ।

    मोरङको विराटचौकमा आजेदेखि सुरु भएको अधिवेशनमा सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, वीरेन्द्र श्रेष्ठ, पारसमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले सभापति पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार प्रदेश समिति सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ।

    images

    विधानअनुसार कोशी प्रदेश कार्यसमिति ६१ सदस्यीय हुनेछ। अधिवेशनबाट सभापति चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ।

     

    रास्वपाले हालै कोशी प्रदेशका १४ वटै जिल्लामा अधिवेशन तथा जिल्ला भेला सम्पन्न गरेपछि प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो। जिल्लास्तरमा अधिकांश स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन भएकाले प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धात्मक चुनाव हुने देखिएको छ।

     
    कोशी प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री (फरक लिङ्ग), कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था छ ।  
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार