Nov 02 2026 | २०८३ कार्तिक १७ गते

समाचार

भारतीय प्रधानमन्त्री मोदीलाई रविको "बधाई"

भारतीय प्रधानमन्त्री मोदीलाई रविको "बधाई"

बुधवार, जेठ २७ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिएका छन् । 

    प्रधानमन्त्री मोदीले इतिहासमै सबैभन्दा लामो समय लगातार देश चलाउने निर्वाचित नेताको कीर्तिमान आफ्नो नाममा गरेपछि लामिछानेले सामाजिक सञ्जालमार्फत यो ऐतिहासिक उपलब्धिको प्रशंसा गर्दै बधाई ज्ञापन गरेका हुन् ।

    images

    सन् २०१४ मे २६ मा पहिलो पटक प्रधानमन्त्री पदको शपथ लिएका मोदीले बुधबार यस पदमा आफ्नो कार्यकालको ४ हजार ३ सय ९९ दिन पूरा गरेर यो नयाँ रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा रहेको थियो । नेहरूले निर्वाचित प्रधानमन्त्रीका रूपमा ४ हजार ३ सय ९८ दिन देशको नेतृत्व गरेका थिए ।

    सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समा लेख्दै केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भएको आफ्नो भेटघाट र त्यस क्रममा भएका महत्त्वपूर्ण छलफलहरूलाई स्मरण गरेका छन् । दिल्लीको सोही संवादको भावनालाई आत्मसात् गर्दै आगामी दिनमा दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन रास्वपा दृढ रहेको उनले स्पष्ट पारेका छन् ।

    आफ्नो शुभकामना सन्देशमा लामिछानेले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समृद्ध नेपालको परिकल्पनाबाट निर्देशित हुँदै हामी नेपाल–भारत सम्बन्धलाई अझ अगाडि बढाउन पूर्ण रूपमा प्रतिबद्ध छौँ ।’ उनले नेपाल र भारतबीचको आपसी हितका मुद्दाहरू, विशेष गरी आर्थिक सहकार्य र दुवै देशको साझा विकासका एजेन्डाहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन आफूहरू उत्सुक रहेको उल्लेख गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार