Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

बैरो संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

बैरो संघको नयाँ नेतृत्वका लागि मतदान सुरु

नेतृत्वका लागि भूर्तेल, खत्री र पाण्डे प्यानलसहित प्रतिस्पर्धामा

आइतवार, जेठ २४ २०८३
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया आइतबार दिउँसोदेखि सुरु भएको छ। 

    भुवनसिं गुरुङ नेतृत्वको कार्यसमिति आन्तरिक विवादका कारण कार्यकाल पूरा नहुँदै विघटन भएपछि विशेष साधारणसभा उद्घाटनपछि अध्यक्षसहित १७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको हो । 

    images

    निर्वाचनमा ७७४ व्यवसायी मतदाता रहेका छन् भने अध्यक्षदेखि सदस्यसम्मका १७ पदका लागि तीन समूहबाट पूर्ण प्यानलसहित ५१ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।

    संघको नेतृत्वका लागि मेघनाथ भुर्तेल, डिकबहादुर खत्री ‘कुमार’ र हरिबहादुर पाण्डे क्षेत्री नेतृत्वका प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचन समितिले जारी गरेको विशेष सूचनाअनुसार मतदान कार्यक्रम दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। मतदान प्रक्रियालाई व्यवस्थित बनाउन बेलुका ६ बजेसम्म मतदान केन्द्रको लाइनमा बसिसक्नुपर्ने व्यवस्था गरिएको छ। समितिले सो समयभित्र लाइनमा बसेका मतदातालाई मतदानको अवसर दिइने तथा त्यसपछि आउनेलाई मतदानमा सहभागी गराउन नसकिने जनाएको छ।

    संघभित्रको नेतृत्व विवाद र संगठनात्मक अस्थिरतापछि हुन लागेको यस निर्वाचनलाई वैदेशिक रोजगार क्षेत्रले चासोका साथ हेरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार