Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान

सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान

शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीका) को रिक्त उपाध्यक्ष मनोनयन र सदस्य सचिव पदका लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । 

    समितिले स्वीकृत गरेको बैठक तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो । यो सूचना प्रथम पटक यही जेठ २१ गते प्रकाशित गरिएको हो ।

    images

    आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्धारण गरिएको छ । योग्य आवेदकहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आफ्नो आवेदन बुझाउनु पर्नेछ ।

    यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनको कार्यालय समयभित्र आवेदन दर्ता गर्न सकिने सुविधा दिइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार