Nov 02 2026 | २०८३ कार्तिक १७ गते

अपडेट

कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग

कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग

शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौँ । उच्च अदालत पाटनले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि जाने नेपाली कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा सरकारसँग लिखित जवाफ मागेको छ ।

    राजेश खड्कासहित ११ जना युवाहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलासले वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग लिखित जवाफ मागेको हो ।

    images

    साथै अदालतले ‘अन्तरिम आदेश’ जारी गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई जेठ २८ गते अदालत उपस्थित हुन भनेको छ ।

    इजरायल जानका लागि प्रक्रिया पूरा गरेका ३ हजार ४ सय ६१ जनाको नाम विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणमा पठाएको थियो । 

    जसमध्ये २ हजार २ सय २ जनाको नाम छनौट गरी पठाएको भए पनि विभागले २ हजार १ सय १२ जनाको मात्र सूची सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार