Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु २ हजार १०० र चाँदी रु ५५ ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु ३ लाख ९ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु ५ हजार २३० निर्धारण भएको छ ।

    images

    हिजो बिहीबार एक तोला सुनको मोल रु ३ लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु ५ हजार २८५ निर्धारण भएको थियो । गत बुधबार एक तोला सुन रु ३ लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ३७० मा खरिद बिक्री भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार