Nov 02 2026 | २०८३ कार्तिक १७ गते

राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

राष्ट्रसङ्घीय प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

बुधवार, जेठ २० २०८३
  • काठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा ९यूएनजीए० को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति ९निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा०को अध्यक्षमा निर्वाचित भएको छ।

    संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले मुलुकका लागि यो ठूलो कूटनीतिक उपलब्धि भएको बताए। बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निःशस्त्रीकरणका प्रयासप्रति सात दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यता भएको थापाको भनाइ छ।

    images

    प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि थापाले सदस्य राष्ट्रहरूले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गरेका छन्। उनले उक्त जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताका आधारमा प्रभावकारी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ।

    समितिले निःशस्त्रीकरण,अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्तिसम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार