Nov 02 2026 | २०८३ कार्तिक १७ गते

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं  । मेयर राजेशमान सिंहलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले मंगलबार उनलाई कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ र झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा थप १५ हजार रुपैयाँ धरौटी तोकेको हो ।

    images

    लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह अदालतमा उपस्थित भएका थिए। तर त्यसपछि उनी फरार रहेको अवस्थामा पर्सा जिल्लाको ठोरीबाट प्रहरीले पक्राउ गरेको थियो ।

    अदालतको आदेशपछि तोकिएको धरौटी बुझाएमा उनलाई रिहा गरिने प्रक्रिया अघि बढ्ने बताइएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार