Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युक्रेन युद्ध रोक्न पुटिनको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार

युक्रेन युद्ध रोक्न पुटिनको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार

मंगलवार, आषाढ ४ २०८१
  • काठमाडौँ। इटाली र जर्मनीका नेताहरूले युक्रेन युद्ध रोक्न भ्लादिमिर पुटिनको प्रस्तावलाई अस्वीकार गरेका छन् । पुटिनले युद्धविरामका लागि दुई शर्त राखेका थिए।

    रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न स्वीट्जरल्याण्डमा इटाली र जर्मनीका नेताहरूले युद्ध रोक्न रूसी राष्ट्रपति पुटिनको सर्तहरू पूर्ण रूपमा अस्वीकार गरेका हुन्।

    images

    इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले युद्ध रोक्न राष्ट्रपति पुटिनको योजनालाई प्रोपागाण्डा भनेका छन् । उनले यसमा युक्रेनलाई नै युक्रेनबाट बाहिर जान भनिएको बताए ।

    जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्ति योजनालाई 'तानाशाही शान्ति' भन्दै खारेज गरेका छन्।

    युक्रेनमा शान्तिका लागि भएको दुई दिने शिखर सम्मेलनअघि पुटिनले युद्धविरामका लागि आफ्नो शर्त राखेका थिए।

     पुटिनले शान्ति वार्ताका लागि युक्रेनले डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिज्याबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना त्याग्नुपर्ने बताएका थिए । यस कार्यक्रममा ९० भन्दा बढी देश र विश्व संस्थाहरु सहभागी छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार