Nov 02 2026 | २०८३ कार्तिक १७ गते

विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

मंगलवार, जेठ १९ २०८३
  • काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

    उनका अनुसार, बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    images

    प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् । बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिए ।

    उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे । अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार