काठमाडौँ । अर्थमन्त्रीले बजेट सुनाइरहेका बेला हर्क साम्पाङ निस्किए
आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिएका छन्।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले बजेट प्रस्तुत गरिरहेका बेला साम्पाङ भने बीचमै बैठक कक्षबाट बाहिरिएका हुन्।
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै साम्पाङले आफूलाई अर्को महत्वपूर्ण काम परेकाले बाहिरिनुपरेको बताएका छन्।
‘मेरो पार्टीका अरु साथीहरू भित्र हुनुहुन्छ । मेरो अर्को महत्वपूर्ण काम छ, त्यही भएर निस्किएको हुँ,’ उनले भने।
साम्पाङको संसद् बैठक छाड्ने शैली यसअघि पनि विभिन्न समयमा चर्चामा आउने गरेको छ। यसपटक भने देशको वार्षिक बजेट प्रस्तुत भइरहेका बेला उनी बाहिरिएपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ।
अर्थमन्त्री वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक सुधार, डिजिटल पूर्वाधार, कृषि, ऊर्जा तथा रोजगारीलाई प्राथमिकतामा राखिएको बताएका छन्।



