Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अष्ट्रेलियाको सिड्नीमा अब एनआरएनको आफ्नै भवन

अष्ट्रेलियाको सिड्नीमा अब एनआरएनको आफ्नै भवन

आइतवार, आषाढ २ २०८१
  • काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले सिड्नीमा आफ्नै कार्यालय स्थापना गरेको छ । 

    पाँच लाख ८८ हजार डलरमा खरिद गरिएको एनआरएन अष्ट्रेलियाको भवनको एक कार्यक्रमबीच यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले उदघाटन गरेका हुन् । 

    images

    एनआरएन अष्ट्रेलियाले आफ्नो प्रशासनिक र अन्य कार्यहरू अबदेखि आफ्नै भवनवाट सञ्चालन गर्ने भएको छ । 

    न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ कार्यालयको उद्घाटन गरेका हुन् । 

    कार्यालय भवन खरिदका लागि २ लाख १० हजार डलर अष्ट्रेलियन सरकारबाट अनुदान समेत प्राप्त भएको थियो । 

    कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएन अष्ट्रेलियासँग विगतमा झै हातेमालो गर्दै काम गर्न नेपाल सरकार, नेपाली दूतावास तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 

    त्यस्तै कार्यक्रममा बोल्दै एनआरएनका अध्यक्ष अनिल पोखरेलले एनआरएन यस अभियानमा साथ दिने सबै व्यक्तित्वहरू धन्यवादको पात्र रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार