Nov 01 2026 | २०८३ कार्तिक १६ गते

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।

    अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

    images

    प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गरेका थिए । वर्षे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार