Oct 28 2026 | २०८३ कार्तिक १२ गते

देशकै ठूलो कपडा कारखाना फेरि सञ्चालन गर्ने सरकारको तयारी

देशकै ठूलो कपडा कारखाना फेरि सञ्चालन गर्ने सरकारको तयारी

शनिवार, जेठ ९ २०८३
  • काठमाडौ । विगत २६ वर्षदेखि बन्द रहेको देशकै ठूलो हेटौँडा कपडा उद्योगलाई सरकारले नयाँ व्यवस्थापनका साथ फेरि सञ्चालन गर्ने तयारी अघि बढाएको छ।

    लामो समय बन्द हुँदा उद्योगका संरचनाहरू जीर्ण बनेकाले अहिले आवश्यक सुधार र मर्मतको काम थालिएको हो।

    images

    २०३२ सालमा स्थापना भई २०३५ देखि उत्पादन सुरु गरेको यस उद्योगले १,२०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको थियो भने यहाँको कपडा नेपाली सेनाले समेत प्रयोग गर्थ्यो। तर, राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले घाटा लागेपछि २०५७ सालमा उद्योग बन्द भएको थियो।

    अहिले सरकारले यसलाई नयाँ शैलीमा सञ्चालन गर्न लागेपछि स्वदेशी उत्पादन जोगिने आशा पलाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार