Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदीमा पनि चर्को घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा, उल्लंघनमा गरे १० हजार रियालसम्म जरिमाना

साउदीमा पनि चर्को घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा, उल्लंघनमा गरे १० हजार रियालसम्म जरिमाना

आइतवार, आषाढ २ २०८१
  • काठमाडौं । साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

    मन्त्रालयका अनुसार प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ देखि ३ बजेसम्म बाहिर प्रत्यक्ष घाममा काममा लगाउन नपाइने निर्णय भएको हो । मन्त्रिपरिषद्को निर्णयले निजी क्षेत्रका उद्यमहरूका कामदारलाई स्वस्थ, सुरक्षित कार्यवातावरण प्रदान गर्न, सूर्यको प्रकाश, गर्मीको तनावबाट हुने कुनै पनि जोखिम र हानिबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

    images

    यस निर्णयले विभिन्न पेसागत जोखिमहरूबाट सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउने प्रयास गरेकाले यस निर्णयमा उल्लेख गरिएका कुराहरू कार्यान्वयन गर्न रोजगारदाताहरूलाई कामको समय मिलाउन र यस निर्णयमा उल्लेख भएका कुराहरू कार्यान्वयन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ ।

    प्रतिबन्धको समयमा कुनै कानुन उल्लंघन भएमा ग्राहक सेवा फोन नम्बर १९९११ मार्फत सूचित गर्न सबैलाई आग्रह गरिएको मन्त्रालयले जनाएको छ । श्रम कानुनको धारा २३६ अन्तर्गत दिउँसो काममा प्रतिबन्ध लगाउने सम्बन्धमा नियम उल्लंघन गर्ने कम्पनी तथा प्रतिष्ठानहरूलाई प्रत्येक उल्लंघनमा कम्तीमा ३ देखि १० हजार रियालसम्म जरिमाना हुनेछ ।

    दण्डमा ३० दिनभन्दा बढी अवधिका लागि प्रतिष्ठान बन्द गर्ने, स्थायी रूपमा बन्द गर्ने वा प्रतिष्ठानलाई जरिमाना र बन्द गर्ने दुवै समावेश हुनेछ । साउदीमा यी तीन महिनाको अवधिमा अत्यधिक गर्मी हुन्छ । दिउँसोको समयमा ५० डिग्री सेन्टिग्रेड तापक्रम पुग्ने हुँदा सूर्यको प्रत्यक्ष किरणमा काममा लगाउँदा श्रमिकहरूमा स्वास्थ्य समस्या देखिन्छ । यसअघि नै कतार, कुवेतलगायतका मुलुकले पनि दिउँसोको चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार