Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आईटी आर्मीले आज वैदेशिक रोजगार विभाग घेर्ने

आईटी आर्मीले आज वैदेशिक रोजगार विभाग घेर्ने

आइतवार, आषाढ २ २०८१
  • काठमाडौं । आम जनता पार्टी (आजपा)ले आज असार २ गतदेखि काठमाडौंमा छुट्टाछुट्टै मागसहित दुइटा संघर्षका कार्यक्रम एकैसाथ सुरु गर्ने भएको ।

    आजपा निकट आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन आइतबारदेखि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गर्नेछ । त्यस्तै आजपाले कबाड व्यवसायीहरुको शान्ति, सुरक्षा, समृद्धि र सम्मानका लागि आइतबादेखि नै काठमाडौंको माइतीघर मण्डलामा धर्ना एवं प्रदर्शन गर्दैछ ।

    images

    आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार बसेको काठमाडौं उपत्यका विशेष कमिटी बैठकले दुवै आन्दोलनलाई सफल बनाउने निर्णय गरेको आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादवले बताए ।

    उपत्यका विशेष कमिटीका अध्यक्ष देवी पण्डितको अध्यक्षतामा बसेको बैठकमा आजपा अध्यक्ष प्रभु साह सहभागी भएका थिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलाल दलतन्त्रको अन्त्य नभएसम्म भ्रष्टाचार, कुशासन एवं अनियमितताको अन्त्य नहुने भएकाले आन्दोलनका कार्यक्रम गर्नुपरेको बताए ।

    आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्या समाधान गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्नेलगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार