Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इद अल अजहाको उपलक्ष्यमा कतारमा ५ दिन बिदा, नेपाली दूतावास २ दिन बन्द रहने

इद अल अजहाको उपलक्ष्यमा कतारमा ५ दिन बिदा, नेपाली दूतावास २ दिन बन्द रहने

शुक्रवार, जेठ ३२ २०८१
  • दोहा÷कतार । इद अल अजहाको उपलक्ष्यमा कतारस्थित नेपाली दूतावास २ दिन बन्द रहने भएको छ । इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् चाड इद अल अजहाको अवसरमा २ दिन बन्द रहने भएको हो । 

    कतारको अमिरी दिवानले ५ दिने सार्वजनिक बिदाको घोषणा गरेको भएपनि दूतावास भने २ दिनमात्र बन्द रहनेछ । बन्द रहने दिनहरुमा जुन १६ र १७ तारिक रहेको छ । कतार केन्द्रीय बैंक (क्यूसीबी) र कतार वित्तीय बजार प्राधिकरण (क्यूएफएमए) को पर्यवेक्षणमा काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले जुन १६ बाट १८ सम्म बिदा दिने घोषणा गरेका छन् । 

    images

    कतारको गृह मन्त्रालयले सुरक्षा र ट्राफिक अनुसन्धान विभागहरूले इद अल अजहाको बिदाको समयमा पनि चौबिसै घण्टा काम गर्ने जनाएको छ । मन्त्रालयले राहदानी विभाग, राष्ट्रियता र ट्राभल डकुमेन्ट, ट्राफिक तथा फौजदारी प्रमाण तथा सूचना (फिंगरप्रिन्ट)सम्बन्धी सेवा प्रदान गर्ने सेवामूलक विभाग बिहान ८ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार