Nov 01 2026 | २०८३ कार्तिक १६ गते

अपडेट

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन् ।

    सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो ।

    images

    ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

    करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार