काठमाडौँ । ‘मकै बारी दराम दराम’बाट पछिल्लो समय चर्चामा रहेकी लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सफलता प्राप्त गरेकी छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उनले ३.२५ जीपीए (ए ग्रेड) ल्याएर उत्तीर्ण भएकी हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो खुसी कल्पनाभन्दा बाहिरको भएको बताएकी छन् ।
काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलबाट अध्ययन गरी कपनको दीक्षालय स्कुलमा परीक्षा दिएकी सुष्माले १४ वर्षको अन्तरालपछि पुनः कलम समातेर सफलता प्राप्त गरेकी हुन् ।
२०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा ‘भागी विवाह’ गरेकोले गर्दा पढाई अगाडि बढाउन नपाएकी उनले अहिले भने अध्ययन अगाडि बढाइरहेकी छन् ।



