काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार (नेप्से) मा गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक ३९.२७ अंक (१.४३ प्रतिशत) ले घटेर २६९९.४४ विन्दुमा ओर्लिएको हो ।
बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८२ करोड कारोबार भएको बजारमा आज यो रकम ४ अर्ब ५ करोड रुपैयाँमा सिमित भएको हो । आज ९५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
कुल २६९ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्यमा गिरावट आएको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर कम्पनी सबैभन्दा शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३१ करोड २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, आँखुखोला जलविद्युत र एनआईसी एशिया बैंक पनि बढी कारोबार हुने कम्पनीमा अगाडि छन् ।
बजार ओरालो लागे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.५८ अंकले घट्नु बाहेक अन्य कम्पनीको मूल्यमा दोहोरो अंकको उतारचढाव देखिएन ।
समूहगत रुपमा आज माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै सूचक रातोफ भएका छन् । विकास बैंक, हाइड्रो र उत्पादनमूलक क्षेत्रमा २ प्रतिशत भन्दा धेरैको गिरावट भएको छ । होटल, इन्भेष्टमेन्ट र ट्रेडिङ क्षेत्र पनि १ प्रतिशत भन्दा धेरैले घटेका छन् ।



