Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यो वर्षको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

यो वर्षको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने अनुमान, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

बैदेशिक रोजगार पोस्ट
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ । यो वर्ष ३ दशमलव ८५ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो ।

    नेपालको अर्थतन्त्रको आकार भने ६६ खर्ब पुग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रहेको थियो ।

    images

    कुन क्षेत्रमा कति आर्थिक वृद्धि?

    १. विधुत र ग्यास: २०.९३% 
    २. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
    ३. थोक तथा खुद्रा व्यापार: ८.२१%
    ४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
    ५. यातायात तथा भण्डारण: ५.७९%
    ६. सूचना तथा सञ्चार: ५.५३%
    ७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
    ८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
    ९. खानी तथा उत्खनन: ३.५२%
    १०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
    ११. उद्योग : २.८३%
    १२. घर जग्गा कारोबार सेवा: २.६९%
    १३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
    १४. निर्माण: २.३१%
    १५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
    १६. शिक्षा: १.५०%
    १७. कृषि, वन तथा मत्स्य: १.२८%
    १८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%

     

     

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार