Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आममाफी

रमजानको अवसरमा यूएईमा १२८ नेपाली कैदीलाई आममाफी

रमजानको अवसरमा यूएईमा १२८ नेपाली कैदीलाई आममाफी

बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ । आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट गरेको छ ।

    “पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    images

    यूएईले मानवीय आधारमा दिएको क्षमालाई नेपाल सरकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यूएईको अबुधाबीस्थित नेपाल दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि १२८ नेपाली कैदीलाई माफी दिइएको परराष्ट्रले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार