Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

कतारका अमिरले दिए तीन नेपालीलाई आममाफी

कतारका अमिरले दिए तीन नेपालीलाई आममाफी

आइतवार, चैत्र २९ २०८२
  • काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले तीन नेपाली नागरिकलाई आममाफी दिएका छन् । विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिइएको हो ।

    शुक्रबार (चैत २७) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले यसबारे जानकारी गराएको छ । “कतारमा तीनजना नेपालीलाई आममाफी दिइएको छ । कतारका कमिर शेख तमिम विन हमाद अल थानीले पवित्र महिना रमदानको अवसर पारेर तीनजना नेपाली नागरिकलाई आममाफी दिनुभएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

    images

    कतारको आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू नेपाल फर्कने प्रवक्ता क्षेत्रीले बताए । नेपाल र कतारबीच घनिष्ट सम्बन्ध रहिआएको उनले स्मरण पनि गरे ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार