Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल–इरान युद्ध

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका सबै नेपाली खतरामुक्त, २ जना डिस्चार्ज

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका सबै नेपाली खतरामुक्त, २ जना डिस्चार्ज

शनिवार, चैत्र २१ २०८२
  • काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका ७ जना नेपाली खतरामुक्त रहेको जनाइएको छ । उनीहरू खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे हाे ।

    घाइतेमध्ये ६ जना उपचार गराएर काममा फर्किसकेका छन् भने अर्का एक जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ । उपचाररत घाइते पनि खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले बताए ।

    images

    उनले पश्चिम एसियाली देशहरूमा चर्केको द्वन्द्व कारण बिदाका दिन पनि परराष्ट्रका अधिकारीहरू घटनाको जानकारी सङ्कलनमा जुटिरहेका छन् । दुबईस्थित नेपाली दूतावासले पनि सबै घाइते खतरामुक्त रहेको जनाएको छ ।

    दूतावासले घाइते नेपालीहरुसँग फोन सम्पर्क भइरहेको जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएकाहरूमध्ये चार जनालाई आजै दूतावासका अधिकारीहरू भेटघाट समेत गरेका छन् ।

    ‘उनीहरू चारै जनाको अवस्था ठिक छ, आवश्यक सहयोगका लागि समन्वय भइरहेको छ’ प्रवक्ता क्षेत्रीले भने, ‘अन्य बाँकी ३ जनासँग पनि कर्मचारीले चाँडै प्रत्यक्ष भेटेर जानकारी लिने तयारी भइरहेको छ ।’ उनले अस्पतालमा उपचारत रहेका नेपालीसँग पनि फोन सम्पर्क भएको बताए । उपचाररत नेपाली पनि स्वस्थ्य हुँदै गएका र केही दिनमा डिस्चार्ज हुने मन्त्रालयले जनाएको छ ।

    दुबई लगायत अन्य मुलुकमा पनि परराष्ट्र मन्त्रालयले नियमित जानकारी लिइरहेको प्रवक्ता क्षेत्रीले बताए । अप्ठ्यारो परेकालाई सम्बन्धित निकायहरूबाट समयमै सहयोग भइरहेको उनले बताए ।

    क्षेत्रीले कसैलाई कुनै प्रकारको समस्या भएमा परराष्ट्र मन्त्रालय वा सम्बन्धित दूतावासमा सम्पर्क गर्न सार्वजनिक अपिल गरिएको पनि जानकारी दिए । 

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार