Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल–इरान युद्ध

दुबईबाट नेपाल आउने तयारीमा थिए, तर तेल लिन जाँदा इरानी सेनाको कब्जामा परे अमृत

दुबईबाट नेपाल आउने तयारीमा थिए, तर तेल लिन जाँदा इरानी सेनाको कब्जामा परे अमृत

आइतवार, चैत्र ८ २०८२
  • काठमाडौ । इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा तेल बोक्ने जहाजमा कार्यरत रहेको खुलेको छ ।

    महोत्तरी घर भई उदयपुरको त्रियुगा नगरपालिका- ११ बस्दै आएका झा केही दिन यता इरानी सेनाको नियन्त्रणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनी दुबईमा काम गर्नका लागि दुई वर्ष अघि गएका थिए ।

    images

    झा की दिदी पूजाका अनुसार एक सातादेखि उनी इरानी सेनाको नियन्त्रणमा रहेका छन् । तेल बोक्ने जहाजमा सिप क्याप्टेनको रूपमा कार्यरत अमृतले एक साता अघि भ्वाइस म्यासेज पठाएका थिए । उनले भनिन्, ‘तेल लोड भइसक्यो ।अव दुबई आएपछि म सिँधै नेपाल आउँछु । मेरो छुट्टी पनि हुने बेला भएको छ ।’पूजाले भाइ नेपाल फर्कने खबरले खुसी भइरहँदा अचानक आफूहरूलाई अमृत इरानी सेनाको नियन्त्रणमा रहेको अर्को म्यासेज आएको बताइन् ।

    अमृतले थाइल्यान्डको बैककमा अध्ययन गरेका थिए । अध्ययनपछि उनी कामका लागि दुवई गएको परिवारले जनाएको छ । उनी यसअघि पनि सिप लिएर तेल लिन इरान जाने गरेका थिए ।

    यस अघि तेल लिन जाँदा त्यस्तो नभएको तर यस पटक भने हर्मुज स्टेट इलाकाबाट नियन्त्रणमा परेको दिदी पूजाले बताइन् । उनले भनिन्,‘ उ नेपाली हो नेपाल सरकारले जति सक्दो छिटो भाइको रिहाइ गराओस् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार