Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल–इरान युद्ध

यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

आइतवार, चैत्र १ २०८२
  • काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् ।

    जनमतलाई भ्रामक बनाउने, राष्ट्रिय सुरक्षा र स्थिरतालाई हानि पुर्‍याउने र इरानी आक्रामणको प्रशंसा गर्ने उद्देश्यले डिजिटल सामग्री प्रकाशन र प्रसारण गर्ने काममा संलग्न भएको आरोपमा नेपालीसहित ५५ जनालाई पक्राउ गरिएको यूएईबाट प्रकाशित हुने खालिज टाइम्सले उल्लेख गरेको छ ।

    images

    यूएईका महान्यायाधिवक्ता डा. हमद सैफ अल शम्सीको आदेशमा युएईमा नेपालीसहित विभिन्न देशका ५५ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै प्रतिवादीहरूलाई विभिन्न कार्य गर्ने तीन समूहमा विभाजन गरिएको थियो ।

    जसमा आक्रमण र त्यसको प्रभावको प्रामाणित फुटेज प्रकाशन गर्ने, एआईमार्फत बनावटी सामग्री बनाएर प्रकाशन गर्ने र मिसाइल तथा ड्रोन आक्रमण गर्ने इरानको तारिफ तथा प्रशंसा गर्ने कार्य गरेको पाइएको हो ।

    त्यसरी पक्राउ पर्नेहरूमा १ जना नेपालीसहित, फिलिपिनो, भियतनामी, पाकिस्तानी, इरानी, बंगलादेशी, क्यामरून तथा भारतीय नागरिक रहेका छन् । उनीहरूले मिसाइल तथा ड्रोन आक्रमणलाई एआईमार्फत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेर समाजमा भ्रम सिर्जना गरेको, क्षेप्यास्त्रहरू प्रहार भइसकेपछि एआईमार्फत नक्कली भिडियो बनाएर पोष्ट परेको अभियोग छ ।

    उनीहरूले यसरी समुदायमा चिन्ता र आतंक फैलाएको, देशको सुरक्षाबारे भ्रामक कथाहरू प्रवर्द्धन गर्न शत्रुतापूर्ण सामग्री सार्वजनिक गरेको, विस्फोट, आगलागी र उठिरहेको धुँवाको कृतिम दृश्यहरू बनाएको अभियोग छ ।

    यूएईस्थित नेपाली राजदूतावास र नेपाल सरकारले समेत पटक पटक सूचना जारी गर्दै यस्ता खालका गतिविधि नगर्न नेपाली समूदायलाई अनुरोध गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार