Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्रोएसिया सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु

क्रोएसिया सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु

बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं ।  क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।

    रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए ।

    images

    तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा  (ठीक एक महिनाअघि) भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।

    उनले भने,‘भियनास्थित दूतावासमा कुरा भएको छ । एउटा शव नेपालमा पुर्‍याउन ६ हजारभन्दा बढी यूरो लाग्छ । शव नेपाल लैजान पहल भइरहेको छ ।’

    शव नेपाल पुर्‍याउनका सहजीकरणका लागि कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरेको तामाङको भनाइ छ ।

    बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् ।  घाइतेहरुको उपचार भइरहेको तामाङले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार