Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल–इरान युद्ध

मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित

मध्यपूर्वी देशहरूको मागपत्र प्रमाणीकरण स्थगित

बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं । सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण स्थगन गरेको छ ।

    इजरायल-अमेरिका र इरानबीच युद्धका कारण सरकारले ती देशमा कामदार पठाउन आवश्यक पर्ने मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो ।

    images

    यसअघि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति, अध्ययनका लागि जान एनओसी जारी गर्न रोकिएको थियो । अबदेखि ती देशबाट नेपालका लागि आउने कामदारहरूको मागपत्र प्रमाणीकरण समेत रोकिएको हो ।

    यूएई, कतार लगायत देशमा रहेका नेपाली दूतावासले सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण सम्बन्धी कार्य अर्को सूचना जारी नभएसम्म अस्थायी रूपमा स्थगन गरिएको जनाएका छन् ।

    त्यसका लागि परराष्ट्र सचिव अमृतबहादुर राईको संयोकत्वमा रहेको उच्चस्तरीय ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को २० फागुनमा बसेको बैठकले मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो ।

    सोही आधारमा परराष्ट्र मन्त्रालयको पत्राचारपछि मध्यपूर्वी देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूले मागपत्र प्रमाणीकरण स्थगन गरेका हुन् ।

    इरानले यूएई, कतार, ओमान, बहराइन, इजरायल लगायत देशमा रहेका अमेरिकी बेसक्याम्पहरूमा ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएका छन् । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चिन्ता बढ्दो छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार