Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल–इरान युद्ध

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए । तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    एक जना उपचार क्रममा रहेको र उनको अवस्था समेत सामान्य रहेको सहसचिव खड्काले बताए ।

    ड्रोन आक्रमण क्रममा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्युु भएको थियो । उनको शव नेपाल ल्याएर अन्त्येष्टि समेत गरिसकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार