Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उडान

दुई सातापछि दुबई उडान गर्दै नेवानि

दुई सातापछि दुबई उडान गर्दै नेवानि

मंगलवार, फाल्गुण २६ २०८२
  • काठमाडौं । खाडी मुलुकमा चर्किएको द्वन्द्वपछि प्रभावित हवाई उडान क्रमश: सुरु हुने क्रममा छ ।

    यसैबीच नेपाल वायुसेवा निगम (नेवानि) ले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने भएको छ । नेवानिले २८ फेब्रुअरीयता उडान गर्न सकेको थिएन ।

    images

    कम्पनीका अनुसार २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न असमर्थ यात्रुले बुधबार यात्रा गर्न इच्छुक भए टिकट पुन: प्रमाणीकरण गराइ यात्रा गर्न सक्ने छन् ।

    त्यसपछि नेवानिको सूचना समेत आधार मानेर यात्रा गर्न सकिने छ । प्रमाणीकरण गरिएका यात्रुलाई मात्र विमानस्थल जान नेवानिले भनेको छ ।

    नेवानिको इमेल ठेगानामा टिकट पठाइ प्रमाणीकरण गर्न सकिने सुविधा दिइएको छ । सिट उपलब्धता अनुसार पहिलेदेखि रोकिएका यात्रुलाई पहिलो प्राथमिकता दिई पहिलो टिकट दिने गरी सेवा उपलब्ध गराइने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार