Nov 01 2026 | २०८३ कार्तिक १६ गते

कांग्रेस विशेष महाधिवेशन

‘कांग्रेसभित्र उत्पन्न असहज अवस्था समाप्त पारौँ, पार्टी एकतामा असर पर्ने गतिविधि नगरौँ’

‘कांग्रेसभित्र उत्पन्न असहज अवस्था समाप्त पारौँ, पार्टी एकतामा असर पर्ने गतिविधि नगरौँ’

सोमवार, पौष २८ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको बताएका छन् । सोमबार अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् ।

    पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैमा अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न आग्रह गरे ।

    images

    अपिलमा भनिएको छ,'नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ । नेपाली कांग्रेसले देशमा विषम परिस्थिति उत्पन्न भएको बेला इतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो इतिहास छ ।'

    नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको भन्दै कांग्रेसको काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको उनले बताए ।

    प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको समेत उनले बताए ।

    अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक रहेको कार्यवाहक सभापति खड्काले बताए ।

    नीति र नेतृत्व परिवर्तन गर्ने भन्दै काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन भइरहेको छ । 

     611353965_1666860788023203_3746047844196833601_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार