Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रेमिट्यान्स

पाँच महिनामा भित्रियो आठ खर्ब ७० अर्ब रेमिट्यान्स

पाँच महिनामा भित्रियो आठ खर्ब ७० अर्ब रेमिट्यान्स

शुक्रवार, पौष २५ २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो आवको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो । 

    राष्ट्र बैंकका अनुसार मंसिरमा एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही महिनामा एक खर्ब १८ अर्ब ७९ करोड मात्रै थियो । 

    images

    यसअवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । 

    वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दो गतिमा छ ।  यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिनेको संख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ छ । 

    जबकि, यो संख्या अघिल्लो वर्षको सोही अवधिमा क्रमशः एक लाख ९० हजार ३८४ र एक लाख ३५ हजार ४२५ थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार