Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

एनआरएनए एनसीसी यूएसएले भन्यो– खेलकुदमन्त्रीलाई कुनै कार्यक्रममा बोलाइएको छैन

एनआरएनए एनसीसी यूएसएले भन्यो– खेलकुदमन्त्रीलाई कुनै कार्यक्रममा बोलाइएको छैन

शुक्रवार, पौष २५ २०८२
  • काठमाडौं । अमेरिकास्थित गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको जनाएको छ । एनआरएनए एनसीसी यूएसएले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको जनाएको हो । 

    “एनआरएनए एनसीसी यूएसएले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौँ । साथै, एनआरएन एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन,” एनआरएनए एनसीसी यूएसएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images

    एनआरएन एनसीसी यूएसएले आफ्नो जानकारी, स्वीकृति तथा आधिकारिक निर्णयबिना केही व्यक्ति र समूहले संस्थाको नाम, ईआईएन तथा बेवसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    एनआरएनए एनसीसी यूएसएले खेलकुदमन्त्री गुप्ता जाने भनिएको युवा कार्यक्रमसँग आफ्ने कुनै संलग्नता, स्वीकृति वा सम्बन्ध नभएको जनाएको छ ।

    संस्थाको आधिकारिक स्वीकृतिबिना गरिएको कुनै पनि कार्यक्रम, भ्रमण वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार