Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ठगी

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रवार, पौष २५ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

    अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो ।

    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार