Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रेमिट्यान्स

भदौ महिनामा नेपालीले विदेशबाट पठाए १ खर्ब ७४ अर्ब

भदौ महिनामा नेपालीले विदेशबाट पठाए १ खर्ब ७४ अर्ब

चालु आर्थिक वर्षको २ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ८ करोड पुगेको छ ।

बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । भदौ महिनामा नेपालीले विदेशबाट १ खर्ब ७४ अर्ब पठाएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा भित्रिने विप्रेषण आप्रवाह झण्डै ४४ अर्ब बढेर सो बराबर पुगेको हो ।

    अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।योसँगै चालु आर्थिक वर्षको २ महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ८ करोड पुगेको छ ।

    images

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    यो अवधिमा खुद खुद ट्रान्सफर ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।

    दुई महिनाभित्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार