काठमाडौं । हमासको सैन्य शाखाले २० जना जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
जसलाई आज (सोमबार, २७ असोज) रिहा गर्ने तयारी गरिएको छ। सूचीमा ती २० जना बन्धक समावेश छन्, जसको नामावली पहिले नै वार्ताको एक भागका रूपमा इजरायललाई दिइएको थियो।
द टाइम्स अफ इजरायलका अनुसार सार्वजनिक सूचीमा अपहरण गरिएका सिपाही तामिर निम्रोदी र नेपाली नागरिक विपिन जोशीको नाम भने छैन।
इजरायल र हमासबीच भएको सम्झौताअनुसार आज सोमबार त्यहाँको समय दिउँसो १२ बजे अर्थात् यहाँको दिउँसो २:४५ बजेसम्म सबै बन्धक रिहा गरिनुपर्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । इजरायल र हमासबिचको शान्ति प्रक्रियामा अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
हमासको कब्जामा रहेका इजरायली बन्दीहरूमध्ये पहिलो चरणमा सात बन्दी रिहा भएलगत्तै ट्रम्प इजरायल पुगेका हुन् । उनलाई विमानस्थलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वागत गरेका छन् । ट्रम्पले इजरायली संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बन्दीका केही आफन्तसँगसमेत भेट गर्ने जनाइएको छ ।



