Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपालको लोकतान्त्रिक यात्रामा समर्थन छ : अमेरिकी राजदूत

नेपालको लोकतान्त्रिक यात्रामा समर्थन छ : अमेरिकी राजदूत

शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । अमेरिकाले नेपालको अबको शान्तिपूर्ण र लोकतानित्रक यात्रामा आफ्नो समर्थन रहको जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी अमेरिकी राजदून डिन थम्पसनले उक्त कुरा बताएका हुन्।

    भेटपछि अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाउनु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो र नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्‍याउनुभयो।’

    images

    यसैगरी उनले अमेरिका र नेपालबीच ७८ वर्षभन्दाअघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद्‌ व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरेका थिए। यसबाले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल र समृद्ध बनाउन सहयोग पुर्‍याउने दाबी विज्ञप्तिमा गरिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार