Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

यूएईले नेपालीलाई कामदार भिसा दिन रोक्यो

यूएईले नेपालीलाई कामदार भिसा दिन रोक्यो

बुधवार, आश्विन १ २०८२
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ। यूएईले गत सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो।

    नेपालमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको हुनसक्ने बताइएको छ।

    images

    दुबईस्थित विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन सबमिट गर्न नसकेको र पहिले नै टाइप भएका भिसा समेत रिजेक्ट हुन थालेको बताएका छन्। एक स्थानीय सुरक्षा कम्पनीले आफ्ना सेक्युरिटी गार्डका लागि सबमिट गरिएको भिसा अस्वीकार भएको जनाएका छन्। त्यस्तै, एक वेयरहाउस कम्पनीका पीआरओले आफ्ना २५ जना नेपाली श्रमिकका लागि आवेदन दिएको तर सबै भिसा रिजेक्ट भएको बताएका छन्। एक क्लिनिङ्ग कम्पनिले पनि आफ्नो १२ कामदारको भिसा अस्विकार भएको बताए ।

    यूएईको इमिग्रेसनबाट बाहिरी देश (नेपाल) बाट सबमिट गरिएको नयाँ भिसापनि रोकिएका छन्।

    यूएईस्थित नेपाली दूतावासका राजदूत तेजबहादुर क्षेत्रीले भिसा रोकिएकोबारे आधिकारिक सूचना अझै नआएको बताए। ‘हामीले नेपालीहरूबाट भिसा अस्वीकृत भएको जानकारी पाएका छौँ। तर, औपचारिक रूपमा दूतावासमा जानकारी आउन बाँकी छ,’ राजदूत क्षेत्रीले भने।

    दूतावासका तथ्यांकअनुसार यूएईमा हालसम्म करिब तीन लाख नेपालीले भिजिट भिसाबाट रोजगारी भिसामा रुपान्तरण गरेका छन् भने झण्डै आठ लाख नेपाली कार्यरत छन्। पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई आउने गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार