Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भिजिट भिसामा रोक

यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक्यो

यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक्यो

भदौ २४ गतेको प्रदर्शनमा जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि यूएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो

मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा जारी गर्न सोमबारदेखि अस्थायी रूपमा रोक लगाएको छ ।

    यूएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ । आवेदन पेस गर्ने बेला यूएईले नेपालीको लागि अस्थायी रूपमा आवेदन लिन रोकेको सूचना दिन थालेको हो ।

    images

    भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि यूएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो । नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश यूएई हो ।

    यूएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आइनसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ । तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने ।

    पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको संख्या निकै छ । भिजिट भिसामा गई रोजगारी नपाउने र ओभरस्टे हुनेको संख्या बढ्न थालेको विषयलाई यूएईले आफ्नो नोटिसमा राखेको थियो ।

    यूएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको संख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ । हाल यूएईमा ८ लाख नेपाली कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार