Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राजदूतावास

ईपीएस प्रणालीबाहेकको रोजगारी गतिविधिबाट जोगिन दूतावासको आग्रह

ईपीएस प्रणालीबाहेकको रोजगारी गतिविधिबाट जोगिन दूतावासको आग्रह

बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि २०८० को तेस्रो संशोधनलाई कार्यान्वयन गर्न सम्बन्धित प्रक्रिया अघि बढाइएको नेपाली राजदूतावास, सोलले जनाएको छ।

    दूतावासले एक सूचना जारी गर्दै सो कार्यविधिको दफा ४ मा उल्लेख भएबमोजिम विशेष योग्यता पुरा गरेका ईजाजतपत्र प्राप्त संस्थाहरुले ई७ भिषा प्रणाली अन्तर्गत (मौसमी कामदारबाहेक कार्यविधिको अनुसूची) १ मा उल्लिखित पेशाहरुमा नेपाली श्रमिक कोरिया ल्याउन पाउने जनाएको छ ।

    images

    कार्यविधिको परिच्छेद २ मा उल्लेख गरिएको "विशेष योग्यता" पूरा भएका ईजाजत प्राप्त संस्थाहरुले कार्यविधिकै परिच्छेद २ को दफा ५'क' मा उल्लिखित कागजातहरु संलग्न गरी माग पत्र राजदूतावासमा पेश गर्नु पर्ने छ । कागजातहरु पूरा नगरि माग ल्याएको खण्डमा माग पत्र प्रमाणीकरण नहुने दूतावासले जनाएकाे छ ।

    रीतपूर्वक आएको माग पत्र प्रमाणीकरणको निवेदनको आधिकारिकता राजदूतावासको सम्बन्धित अधिकारीले यकिन गरी सिफारिस सहित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत विभागमा पठाई सोको जानकारी रोजगारदातालाई गराउन पर्ने व्यवस्था कार्यविधिमा रहेको समेत दूतावासले स्पष्ट पारेको छ ।

    रोजगारी सम्बन्धी सबै गतिविधि ईपीएस प्रणाली मार्फत मात्र हुने भएकाले अन्य कुनै व्यक्तिबाट आर्थिक कारोबार तथा गतिविधि नगर्न समेत दूतावासले नेपाली कामदारलाई आग्रह गरेको छ।

    541367374_1322601776109413_2845452001474953397_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार