Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बस दुर्घटना

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते (सूचीसहित)

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते (सूचीसहित)

बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ४ जनाको अवस्था गम्भीर

मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिका- ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

    काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ :३० बजे दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको आरुघाट आधारभूत अस्पताल स्रोतले जनाएको छ । घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर ४ जना घाइतेलाई अन्यत्र रिफर गरिएको छ ।

    अस्पतालका मेडिकल अधिकृत डा अमरेश कुमार मण्डलका अनुसार गम्भीर घाइतेमध्ये खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई आरुघाटबाट अन्यत्र रिफर गरिएको उनको भनाइ छ ।

    बस सडकबाट करिब चार मिटर तल खसेको छ । ब्रेक फेल बस भएर दुर्घटना भएको अनुमान गरिएको छ ।


    घाइतेहरुको नामावाली यस प्रकार छ । 

    543430088_24432291936458158_7206637149521324393_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार