Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेशी प्राविधिक कलाकारलाई श्रम स्वीकृतिबिनै नेपाली चलचित्रमा काम

विदेशी प्राविधिक कलाकारलाई श्रम स्वीकृतिबिनै नेपाली चलचित्रमा काम

सोमवार, जेठ २८ २०८१
  • काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ चलचित्र एक्लोको छायांकन साउनबाट सुरु हुने भएको छ । यस चलचित्रका लागि बेलायती अभिनेता जेमी बेकन पनि अनुबन्धित भएका छन् । उनी केही दिनको छायांकनका लागि नेपाल आउने निर्माण पक्षको कथन छ ।

    यतिबेला चलचित्र घरमा प्रदर्शन भइरहेका चलचित्र गाउँ आएको बाटोलाई विदेशी छायांकन जोश हेरुमले खिचेका हुन् । यस चलचित्रको छायांकन गर्न उनी एक महिनाभन्दा लामो समय नेपाल बसेका थिए । यस चलचित्रको अधिकांश छायांकन सकेपछि उनी स्वदेश फर्किएका छन् । यही चलचित्रमा हङ्कङकी महिला कलाकारको संगीत रहेको छ ।

    images

    हालै छायांकन सम्पन्न भएका नेपाली चलचित्र ह्रसो–दीर्घमा छायाकारका रूपमा भारतीय छायाकार थिए । उनी नेपालमा यस चलचित्रको छायांकन सम्पन्न गरेर भारत फर्किसकेका छन् । यस्तै, यतिबेला मकवानपुरमा चलचित्र १२ गाउँको छायांकन भइरहेको छ । यस चलचित्रको द्वन्द्व निर्देशकमा बलिउडका एक चर्चित द्वन्द्व निर्देशक शिल्भा मास्टर रहेका छन् । निर्देशक, द्वन्द्व निर्देशकहरूको सहयोगमा ती भारतीय द्वन्द्व निर्देशकले यस चलचित्रको अहिले द्वन्द्व निर्देशन गरिरहेका छन् ।

    नेपाली चलचित्रमा पछिल्लो समय विदेशी कलाकार तथा प्राविधिक ल्याएर काम लगाउने क्रम बढेको छ । यसरी विदेशबाट कलाकार तथा प्राविधिक ल्याउँदा एकातर्फ सम्बन्धित नेपाली चलचित्रको चर्चा हुने गरेको छ । तर, अर्कोतर्फ विरोध पनि त्यत्तिकै हुने गरेको छ । धमाधम नेपाली चलचित्रमा विदेशी प्राविधिकलाई नेपाल मगाएर काम दिन थालेपछि यहाँका प्राविधिकले त्यसको विरोध सुरु गरेका छन् ।

    चलचित्र निर्देशक मनोज पण्डितको संयोजकत्वमा शनिबार काठमाडौंमा आयोजना गरिएको नेपाली चलचित्रको समस्या विषयको अन्तक्र्रिया कार्यक्रममा यहाँका प्राविधिकले नेपाली चलचित्रमा विदेशी प्राविधिक ल्याएर काम गराउने क्रम बढेको ’bout खुलेर विरोध गरे । नेपाल ल्याइने अधिकांश विदेशी कलाकार प्राविधिकहरू अवैध रूपमा ल्याएर काम लगाउने गरिएको उनीहरूको टिप्पणी थियो ।

    कार्यक्रममा छायाकार कृष्णबहादुर थापाले नेपाली चलचित्रमा विदेशी प्राविधिकहरूलाई ल्याएर काम गराउने क्रम बढेकामा त्यसको विरोध गर्दै भने, ‘हालै चलचित्र ह्रसो–दीर्घमा भारतीय छायाकार ल्याइयो, उहाँको मातहतमा हामीले चलचित्रको छायांकन ग¥यौं, यस्ता थुप्रै चलचित्रमा विदेशी छायाकारको मातहतमा चलचित्र खिच्ने काम हामीले नै गर्नुपरेको छ ।’

    कृष्णले प्रतिप्रश्न गर्दै यदि सबै खिच्ने काम आफूहरूले नै गर्ने हो भने विदेशी क्यामेरा पर्सनलाई महँगो पारिश्रमिक दिएर किन बोलाउने ?

    सोही कार्यक्रममा अर्का छायाकार आलोक शुक्लाले भने, ‘विदेशी प्राविधिकहरू नेपाल आउँदा उनीहरूसँग हामीले सिक्ने अवसर पाउँछौं, यो राम्रो कुरा हो, तर एकपछि अर्को गर्दै सबैले विदेशी प्राविधिकहरू बोलाउन थाले भने नेपाली प्राविधिक पक्कै कामविहीन हुनुपर्छ ।’ यस विषयमा सम्बन्धित संघसंस्था र राज्यले सोच्नुपर्ने उनको भनाइ छ ।

    यसै प्रसंगमा निर्देशक मनोज पण्डितले भने, ‘पछिल्लो समय विदेशी प्राविधिकलाई नेपाल ल्याएर काम गराउने क्रम बढेको छ र नेपालीभन्दा विदेशीले राम्रो काम गर्छन् भन्ने मानसिकता नेपाली निर्माता निर्देशकमा छ, मैले लेखेको दुईवटा चलचित्रमा अहिले विदेशी छायांकन राख्न लागिएको छ र मैले नेपाली राखौं भन्दा उहाँहरू मान्नुभएन ।’ मनोजले नेपालीमा विदेशी कलाकार प्राविधिकलाई ल्याएर अवैध रूपमा काम लगाउने क्रम बढेको र यो क्रम रोकिएन भने नेपाली चलचित्र प्राविधिक आफ्नै मुलुकमा बेरोजगार हुने कुरामा दुईमत नभएको बताए ।

    नेपाली चलचित्रमा भारतीय प्राविधिकहरूले काम गर्न राज्यसँग श्रम स्वीकृति लिनुपर्दैन । तर, भारतीय नागरिकबाहेक अरू मुलुकका नागरिकलाई नेपाली चलचित्रमा अभिनय, निर्देशन तथा प्राविधिकका रूपमा काम लगाउँदा श्रम मन्त्रालयबाट अनिवार्य श्रम स्वीकृति लिनुपर्ने हुन्छ ।

    नेपाली चलचित्रमा ल्याइने भारतीयबाहेक विदेशी प्राविधिकहरूका लागि नेपाली चलचित्रकर्मीहरूले श्रम स्वीकृति लिने गरेका छैनन् । उनीहरूलाई नेपाल भ्रमणको लोभमा ‘भिजिट भिसा’मा नेपाल बोलाएर दुई–तीन महिना काम लगाएर फर्काउने गरिएको छ । विदेशी नागरिकलाई नेपालमा श्रम अनुमति दिँदै आएको श्रम मन्त्रालयका अधिकारीहरू नेपाली चलचित्रमा काम गराउन विदेशीका कलाकार प्राविधिकका लागि कुनै पनि नेपाली निर्माता निर्देशकले अहिलेसम्म श्रम स्वीकृति नलिएको बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार